सिके राउत जनमत पार्टीको अध्यक्षमा निर्विरोध निर्वाचित

४ बर्ष अगाडि

काठमाडौं - डा. सिके राउत जनमत पार्टीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । 

जनकपुरधाममा सम्पन्न पहिलो महाधिवेशनमा अध्यक्ष र महासचिवबाहेक अरू सबै पदमा निर्वाचन भएको हो ।  महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन् ।

निर्वाचनबाट उपाध्यक्ष पदमा मोहम्द अब्दुल खान, ई. बसन्त कुशवाहा, ई. दीपक कुमार साह र ई। नरेन्द्र प्रसाद चौधरीले विजयी भएका छन् ।

निर्वाचनमा ४५ सय जनाले मतदान गरेका थिए । बाँकी पदाधिकारी निर्वाचितमध्येबाटै चयन गरिने बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया