६० लाख कित्ता आईपीओ निष्कासन गर्दै सानिमा लाइफ इन्स्योरेन्स, रेटिङ सम्पन्न

५ बर्ष अगाडि

काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘ट्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछ । 

हालसम्म कम्पनीले सेबोनमा भने निवेदन पेश गरेको छैन । कम्पनीले यसअघि नै आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया