अब ‘मेरो शेयर’को पासवर्ड आफै रिसेट गर्न सकिने

५ बर्ष अगाडि

मेरो शेयरको पासवर्ड आफ्नो मोबाइलबाट रिसेट गर्न सकिने भएको छ । नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो शेयर’ पोर्टलको पासवर्ड  लगानीकर्ताले आफै रिसेट गर्न सकिने सुविधा ल्याउने भएको हाे।

हालसम्म मेरो शेयरको पासवर्ड बिर्सेमा लगानीकर्ताले सम्बन्धित निकायमा नै पुगेर रिसेट गर्नुपर्ने प्रावधान रहेको छ । यो सेवा निशुल्क भएपनि कतिपय यस्तो सेवाप्रदायक कम्पनीहरुले भने शुल्क लिँदै आएका थिए ।

अहिले मेरो शेयर सफ्टवेरमा हुदैगरेको  अपग्रेडिङका कार्य सकिए लगतै लगानीकर्ताहरुले नै पासवर्ड रिसेट गर्नम मिल्ने सिस्टम लयाउन लागीएको सीडीएससीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया