रिलयान्स फाइनान्स लिमिटेडको शेयरमूल्य एक सातामा ५७ रुपैयाँले बढेको छ । शेयरमूल्य
बढेसंगै चैत २२ गते प्रतिकित्ता रू २४९ रहेकोमा चैत २६ गते बढेर रू ३०६ पुगेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारितका लागि साधारण सभा मिति तय गरेसँगै शेयर मूल्यमा वृद्धि भएको हो ।
कम्पनीले आगामी वैशाख २२ गते साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा हुनेछ ।
प्रतिक्रिया