रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुगेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनामाथि २–१ गोलले जित निकाल्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा भएको खेलमा रियलका बेन्जिमा र टोनी क्रुसले एक–एक गोल गरे । उता बार्सिलोनाका लागि मिनग्यूले एक गोल फर्काए ।
जितसँगै रियलले लिगमा ३० खेलबाट ६६ अंक जोडेर आफूलाई शीर्ष स्थानमा स्थापित गरेको छ । पराजित बार्सिलोना ६५ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।
प्रतिक्रिया