हजारौँ पदका लागि विज्ञापन गर्दैछ लोकसेवा आयोग

७ बर्ष अगाडि

काठमाडौं– लोकसेवा आयोगले यस वर्ष हजारौँ पदमा विज्ञापन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
 पाँच लाखभन्दा बढी युवा लोकसेवामा तयारीमा रहेको अवस्थामा ‘दुई वर्षसम्म लोकसेवा नखोल्ने’ भन्नेजस्ता भनाइ बाहिर आएपछि लाखौं युवालाई निराश बनेका थिए । मङ्सिरको अन्तिमसम्म विज्ञापन गर्ने आयोगको तयारीले ती युवामा आशाको सञ्चारसमेत गराएको छ । 
आयोगले मङ्सिर महिनाबाट विज्ञापनको प्रक्रिया सुरु गरेर आगामी २०७६ को असार मसान्तसम्म सबै परीक्षाको प्रक्रिया पूरा गर्ने तयारी गरेको छ । आयोगको इतिहासमै पहिलो पटक नेपाल सरकार मन्त्रिपरिषद्को अनुरोधमा आयोगले आफ्नो कार्यतालिका दुई महिना पर सारेको थियो ।  गोरखापत्र दैनिकमा खबर छापिएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया