७ कम्पनीको सेयर मूल्य नेप्सेमा सूचिकृत, कुनको कति ?

५ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा यस साता ७ कम्पनीको सेयर मूल्य सूचिकृत भएको छ । 

साथै एउटा नयाँ कम्पनी थपिएको छ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ यस साता नै नेप्सेमा थपिएको हो ।

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड २० लाख कित्ता आईपीओ सूचिकृत भएको छ । ङादी ग्रुप पावर लिमिटेडको ५ लाख ३५ हजार ५ सय ५४ दशमलव ८० कित्ता बोनस सेयर सूचिकृत भएको हो । 

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ६ लाख १० हजार ९ सय ९८ दशमलव ७९५० कित्ता बोनस सेयर र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख २७ हजार ५ सय ५७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । 

सिद्धार्थ बैंक लिमिटेडको एक करोड १७ लाख ४५ हजार ३ सय २० दशमलव ५७ कित्ता बोनस सेयर साथै नेपाल बैंक लिमिटेडको एक करोड ३५ लाख ३९ हजार ३ सय ८४ दशमलव २४ कित्ता बोनस सेयर तथा ३ लाख ४४ हजार ७ सय ६४ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

त्यस्तै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको ६ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको नेप्सेले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया