बहराइनले भारी मात्रामा नपाली कामदारको माग गरेको छ । बहराइनको Securi Core S.P.C Owned By Rasheed AL Fawaz र Security Hub S.P.C कम्पनीले १७० जना नेपाली कामदारको माग गरेको हो । कम्पनीले Security Guards र Cleaner पदका लागी १४० पुरुष र ३० जना महिला कामदारको माग गरेको हो ।
जसको मासिक तलब खान बस्न सहित नेपाली रुपैयाँ ३६ हजार देखि ४५ हजार सम्म रहेको छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ , करार अवधि २ वर्षको लागी रहेको छ । कम्पनीको नियम अनुसार ओभरटाइम र वार्षिक बिदाको सुविधा रहेको छ ।
अन्तर्वार्ता यही वैशाख ३ गते SAB International Human Resource Pvt.Ltd मेनपावरको कार्यालय बसुन्धारामा हुनेछ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ
प्रतिक्रिया