गण्डकी प्रदेश सरकारले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार र व्यास नगरपालिका–३ देउरालीनगर जोड्ने पक्की पुल निमार्ण गर्ने भएको छ । प्रदेश सरकारले ३२ करोड ४० लाख २७ हजार ३९४ को लागतमा पुल निर्माण शुरु गरेको हो ।
पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौसँग सम्झौता भएको थियो । विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको कार्यालय प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए ।
एक सय ५४ मिटर लामो रहने पुलको चौडाइ ९.५० मिटर रहनेछ । पाइल फाउण्डेशनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ । पुल निर्माणका लागि चालू आर्थिक वर्षमा चार करोड ५० लाख विनियोजन भएकामा निर्माण कम्पनीलाई दुई करोड ८६ लाख भुक्तानी दिइएको छ ।
प्रतिक्रिया