कर्णाली प्रदेशका तीन मन्त्रीको राजीनामा स्वीकृति भएको छ । राजीनामा दिएका एमालेका तीन मन्त्रीहरु प्रकाश ज्वाला, दल रावल र नन्दसिं बुढाको राजीनामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले
स्वीकृत गरेका हुन् ।
मुख्यमन्त्री शाहीले उनीहरुले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा हाल कायम रहेकै मन्त्रीहरुलाई थप जिम्मेवारी दिएका छन् । जसअनुसार आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी तथा भौतिक पूर्वाधार विकास मन्त्री र सामाजिक विकास मन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेका तर्फबाट मन्त्री बनेका तीन जनाले मंगलबार राजीनामा बुझाएका थिए ।
प्रतिक्रिया