काठमाडौं– हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल प्रदेश नं १ लगायत देशको पहाडी भू–भागहरूमा आंशिक बदली बदली रहेको छ ।
शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन÷चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यस्तै राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रतिक्रिया