नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको छ। पार्टीले माओवादी केन्द्रबाट सांसद बनेका चन्द्रबहादुर खड्कालाई पनि स्पष्टीकरण सोधेको छ।
थापा छ वर्ष र खड्का चार वर्षका लागि राष्ट्रियसभा सदस्य बनेका थिए। सर्वोच्चको फैसलापश्चात् थापा एमालेमा रहने निर्णय गरेका थिए।
यसअघि माओवादी केन्द्रले केपी ओली सरकारमा रहेका चार जना प्रतिनिधिसभाका सांसदलाई पदमुक्त गरेको थियो ।
प्रतिक्रिया