बैकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्सले ५५ हजार कित्ता आइपीओ निष्कासन गर्दै

५ बर्ष अगाडि

काठमाडौं, बैकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले ५५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्काशनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । त्यस विषयमा दुई कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशन डा. विनोद आत्रेय र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया