काठमाडौं- पछिल्लो समय उकालो लागिरहेको चन्द्रगिरी हिल्सको शेयरमुल्य कारोबारको अन्तिम दिन (बिहीबार) सामान्य प्रतिशत बढेको छ ।
बिहीबार कम्पनीको शेयरमुल्य १.८२ प्रतिशत अर्थात ४७ अंकले बढेको हो । आज २ हजार ५७८ रुपैयाबाट कारोबार सुरु भएको कम्पनीेको शेयरमुल्य बढेर प्रतिकित्ता २ हजार ६२५ रुपैंया पुगेको छ ।
यस्तै, शेयर कारोबार हेर्दा कम्पनीको ८४ हजार ३१५ कित्ता शेयर किनेबचे हुदाँ २२ करोड ४४ लाख ११ हजार रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया