ओली सरकारमा रहेका चार सांसदको पद गुम्यो

४ बर्ष अगाडि

माओवादी केन्द्रका चार जनाको सांसदको पद गुमेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीको सांसदको पद गुमेको हो । 

माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा दल त्यागको सूचना दिएपछि बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बढेर सुनाएका थिए । 

 प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई पार्टीबाट हटाएको जानकारी गराएको थियो । 

उनीहरु २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । पछिल्लो पटक उनीहरु नेकपा एमालेमा प्रवेश गरेका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया