दोस्रो घण्टा : नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम कति ?

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको अन्तिम दिन –बिहीबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टा सम्म आउँदा सामान्य अंकले बढेको छ ।

कारोबारको दुई घण्टामा नेप्से परिसुचक ३.०६ अंकले बढेर २६७४.६७ को बिन्दुमा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसुचक भने १ एक बजेसम्म आउँदा ०.०९ अंकले ओरालो लाग्दै ४७६.७१ को बिन्दुमा पुगेको छ ।

कारोबारका १३ उपसमुहमध्ये ६ उपसमुह बढेका छन् भने बाँकी ७ उपसमुह ओरालो लागेका छन् ।

कारोबारमा आएका २०२ कम्पनीको ४४ लाख ८० हजार ९५५ कित्ता शेयर २९ हजार ८९२ पटक खरिद बिक्री हुदाँ २ अर्ब ४८ करोड रुपैंया बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया