काठमाडौं- कारोबारको अन्तिम दिन बिहीवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ११.२७ अंकले बढेर २६८२.८८ विन्दुमा पुगेको छ ।
पहिलो घण्टाको अवधिमा १९० ओटा कम्पनीको १३ हजार १६० पटकको कारोबारमा १८ लाख ५८ हजार १२० कित्ता शेयरको रू। १ अर्ब २ करोड १४ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको छ ।
सोही अवधीसम्म कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, र लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ ।
यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। १४ करोड १३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ९०९ मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया