काठमाडौं, कारोबारको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १८ अंक बढेको छ।
बुधबार २.८५ अंक घटेर २६७१.६१ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १८.६६ अंक बढेर २६९०.२८ विन्दुमा पुगेको हो।
बिहीबार प्रि ओपन सेसनमा ५६ कम्पनीको १ करोड ६९ लाख ४३ हजार ९७५ रुपैयाँ बराबरको २६ हजार ३९२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ८ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया