म्याग्दी– बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्र स्थापना भएको छ । विपद् व्यवस्थापनका गतिविधिलाई सहज बनाउन केन्द्र स्थापना गरिएको हो ।
पहिरो, बाढी, आगलागी, कटान, दुर्घटनाको अवस्थामा सूचना सङ्कलन, विश्लेषण, खोज, उद्धार र राहतको कामलाई व्यवस्थित गर्न केन्द्रबाट सहज हुने प्रजिअ लीलाधर अधिकारीले बताउनुभयो । केन्द्रमा सूचना प्रविधिका सामग्री उपलब्ध छ ।
प्रजिअ अधिकारीका अनुसार केन्द्रमा जनपद र सशस्त्र प्रहरी तथा प्रशासनबाट चौबिसै घण्टा एक÷एक जना जनशक्ति खटिएका छन् । पहाडी भूगोल रहेको म्याग्दी पहिरो र नदी कटानका हिसाबले जोखिमयुक्त मानिन्छ ।
प्रतिक्रिया