दोहोरो अंकले बढेर ऐतिहासिक उचाईमा नेप्से, कारोबार रकम साढे ३ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टा सम्म आउँदा दोहोरो अंकले बढेर ऐतिहासिक उचाईमा पुगेको छ ।

एक बजेसम्म आउँदा परिसुचक १६.९० अंकले बढेर हालसम्मकै उच्च बिन्दु २६९१.३७ को बिन्दुमा पुगेको छ ।

कारोबारका १३ उपसमुह मध्ये ५ उपसमुह ओरालो लागेका छन् भने बाँकी उपसमुह भने बढेका हुन् ।

दुई घण्टाको अवधीमा कारोबारमा आएका २०६ कम्पनीको ७३ लाख ५८ हजार ८४३ कित्ता शेयर ३७ हजार १०४ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ५६ करोड ४ लाख रुपैंया बराबरको शेयर कारोबार भएको छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया