काठमाडौं- अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी सर्वसाधारणको लागि आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले चैत १६ गते आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर गर्न अनुमति माग्दै बोर्ड पुगेको हो।
कम्पनीले बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरेको छ।
प्रतिक्रिया