काठमाडौं- साताको चौथो दिन बुधवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक २.२८ अंकले घटेर २६७२.१९ विन्दुमा पुगेको छ ।
पहिलो घण्टाको अवधिमा १९१ ओटा कम्पनीको १६ हजार ९५४ पटकको कारोबारमा ३२ लाख ८३ हजार २९२ कित्ता शेयरको रू. १ अर्ब ५० करोड ५० लाख ३४ हजार बराबरको शेयर कारोबार भएको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बीमा म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, वित्त र लघुवित्त समूहको परिसूचक बढेको छ ।
यस अवधिसम्म वोमी लघुवित्तको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू.११ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया