काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा नेप्से २०.०७ अंकले बढेको छ ।
नेप्से २६९४.५४ अंकमा पुगेको छ । यो नेप्से सूचकले कायम गरेको हालसम्मकै उच्च बिन्दु हो ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ६० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४५ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ५८ कम्पनीका ३५ हजार ८८६ कित्ता शेयर १ करोड ५५ लाख ९९ हजार १७२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
प्रतिक्रिया