काठमाडौं- ज्योति लाइफ इन्स्योरेन्सको शेयरको आज (बुधबार) देखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुलेको छ ।
कम्पनीले हालै निष्कासन गरेको दुई करोड २० लाख कित्ता साधारण सेयर हिजो नेप्सेमा सूचीकृत भएको हो ।
हाल प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ रहेको कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम १२० रुपैयाँदेखि अधिकतम ३६० रुपैयाँ सम्मको कारोबार रेन्ज पाएको छ ।
कम्पनीले हालैमात्र सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो भने संस्थाका कर्मचारी र सामूहिक लगानी कोषलाई ५९ लाख ४० हजार कित्ता सेयर छुट्याएर बाँकी ५ लाख ९४ हजार सेयर सर्वसाधारणलाई बाँडिएको थियो ।
प्रतिक्रिया