रु रु जलविद्युत आईपीओ: झन्डै १७ लाखले दिए आबेदन !

५ बर्ष अगाडि

रु रु जलविद्युत परियोजना लिमिटेडले बिक्री खुला गरेको आईपीओमा अन्तिम दिन सम्म झन्डै १७ लाखले आबेदन दिएका छन् ।

रु रु जलविद्युत परियोजनाले गत चैत २० गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आज अन्तिम दिन सम्ममा  १६ लाख ६९ हजार ५६६ आवेदकबाट २ करोड ३३ लाख ७७ हजार २२० कित्ताको लागि आबेदन परेको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा यी शेयर बिक्रि गरेको छ ।  

कम्पनीले  ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ सर्बसाधारणकोलागी बिक्रि खुला गरेकोमा  ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई, र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको थियो। 

कम्पनीले यस अघि  फागुन ७ गते देखि आयोजना प्रभावित स्थानीयवासिन्दाको लागि ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर निष्काशन गरेको थियो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया