ज्योति लाइफको आईपीओ नेप्सेमा सूचीकृत !

५ बर्ष अगाडि

ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले   हालै निष्कासन गरेको  दुई करोड २० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको  हो ।

हाल प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ रहेको कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम १२० रुपैयाँदेखि अधिकतम ३६० रुपैयाँ सम्मको कारोबार रेन्ज पाएको छ ।

कम्पनीले हालैमात्र सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो भने संस्थाका कर्मचारी र सामूहिक लगानी कोषलाई ५९ लाख ४० हजार कित्ता सेयर छुट्याएर बाँकी ५ लाख ९४ हजार सेयर सर्वसाधारणलाई बाँडिएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया