दोहोरो अंकले बढ्दै नयाँ उचाईमा नेप्से, अन्य सूचक अवस्था कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं-  साताको तेस्रो दिन (मंगलबार) नेप्से सूचक १५.७२ अंकले बढेर २६७४.४६ विन्दुमा पुगेको छ । आज परिसुचक पछिल्ला सबै रेकर्ड ब्रेक गदैैं हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

बजार बढ्दा कारोबार रकममा समेत सुधार आएको छ । मंगलबार २१३ कम्पनीको  १ करोड ६१ लाख ८ लाख ४९९ कित्ता शेयर ८१ हजार ७५३ पटक खरिद बिक्री हुदाँ  ७ अर्ब ४७ करोड बराबरको शेयर कारोबार भएको छ । सोमबार ७ अर्ब २९ करोड ६७ लाखको शेयर कारोबार भएको थियो ।

 कारोबारमा आएका समुहगत परिसूचक मिश्रित देखिएका छन् । होटल तथा टुरिजम्, विकास बैंक, जलविद्युत, उत्पादन, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहका सूचक सकारात्मक रहदा अन्य समूहका सूचक ओरालो लागेका हुन् ।

यस्तै, निफ्राको सबैभन्दा धेरै ३९ करोड बढीको शेयर किनबेच भएको छ । त्यस्तै चिलिमे हाइड्रोको शेयर पनि ३१ करोड बराबरको किनबेच भयो ।
 
युनाइटेड मादी, युनिभर्सल पावर, चिलिमे हाइड्रो र चन्द्रागिरीको शेयर दश प्रतिशतले बढेको छ । सबैभन्दा धेरै साल्ट्र ट्रडिङका लगानीकर्ताले गुमाए । जसको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया