ज्योति लाइफ नेप्सेमा भोलिदेखि कारोबारमा आउने, ओपनिङ्ग रेन्ज कति ?

५ बर्ष अगाडि

काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ज्योति लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ ।

आज कम्पनीले सार्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्ता सहित २ करोड २० लाख  कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेका अनुसार भोलि बुधबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेमा १२० रुपैयाँ २९ पैसा देखि ३६० रुपैयाँ ८७ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस अनुसार बुधबारको कारोबार खुल्नेछ ।

कम्पनीको शेयरलाई नेप्सेले जेएलआई कारोबार संकेत दिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया