काठमाडौं- साताको तेस्रो दिन(मंगलबार) ५ जलविद्युत् कम्पनीहरुको शेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
शेयर बजारमा आज सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १६५ पुगेको छ ।
त्यसैगरी रैराङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.९० प्रतिशत,साञ्जेन जलविद्युत् कम्पनीको ९ .६६ प्रतिशत,छ्याङदी हाइड्रोपावरको ९.५७ प्रतिशत र चिलीमे हाइड्रोपावरको ९.१९ प्रतिशतका दरले वृद्धि भएको हो ।
पछिल्लो समय जलविद्युत् कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।
प्रतिक्रिया