अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन प्रस्ताव रोक्न समितिको निर्देशन

५ बर्ष अगाडि

काठमाडौं- अजोड इन्स्योरेन्स साधारण सभामा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव रोक्न बिमा समितिले निर्देशन दिएको छ । 

कम्पनीले समितिसँग अनुमति नै नलिई हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभामा लैजान लागेपछि उक्त एजेन्डा हटाउन समितिले निर्देशन दिएको हो ।

कम्पनीले चैत १७ गते ५० प्रतिशत हकप्रद निष्कासन प्रस्ताव सहित वैैशाख ७ गते वार्षिक साधारण सभा बोलाउने सूचना जारी गरेको थियो ।

तर, सूचना सार्वजनिक गर्नुअघि सर्किट ब्रेकर लाग्ने गरी भाउ बढेको र पर्याप्त मात्रामा सेयर कारोबार भएको थियो । त्यस सम्बन्धमा नेपाल धितोपत्र बोर्डमा उजुरी समेत परेको थियो । सोही आधारमा छानबिन गर्न धितोपत्र बोर्डले बोर्डकै निर्देशकको संयोजकत्वमा सोमबार यस्तो उप समिति समेत गठन गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया