कारोबारको दोस्रो घण्टा : नेप्से २.२७ अंकले ओरालो लाग्यो, कारोबार रकम कति ?

५ बर्ष अगाडि

काठमाडौं-  मंगलवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक २.२७ अंकले घटेर २६५६.४७ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.९ प्रतिशतले घटेको हो ।

दुई घण्टाको अवधिमा २०३ ओटा कम्पनीकोे रू. ३ अर्ब ५ करोड १८ लाख ४० हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म चिलिमे हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। १७ करोड ५७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। ६७३ मा कारोबार भइरहेको छ । 

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, वित्त, निर्जीवन बीमा, अन्य र जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी  होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया