काठमाडौं- मंगलबार बजार खुलेको केहि समयमा नै साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कम्पनीको शेयर मुल्य १० प्रतिशतले घटेको छ। सोमबार १३ हजार १०२ रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको शेयर मंगलबार १ हजार ३१० रुपैयाँले घटेर ११ हजार ७९२ रुपैयाँमा झरेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक सकितिको बैठकले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
गत आर्थिक वर्षमा उसले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो।
प्रतिक्रिया