काठमाडौं- कारोबारको तेस्रो दिन (मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से) कारोबार सुरु भएको १ घण्टामा सामान्य अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएको एक घण्टा बित्दा परिसुचक २.३८ अंकले ओरालो लागेर २६५६.३६ को बिन्दुमा पुगेको छ ।
कारोबारका १३ उपसमुह मध्ये ६ उपसमुह ओरालो लागेका छन् भने बाकी ७ उपसमुह बढेका हुन् ।
यस्तै १२ बजेसम्म कारोबारमा आएका २०३ कम्पनीको २४ लाख ३८ हजार ३५० कित्ता शेयर १७ हजार ६७९ पटक खरिद बिक्री हुदाँ १ अर्ब ५० करोड ५ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया