काठमाडौं- साताको तेस्रो दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक २०.२१ अंक बढेको छ।
अघिल्लो कारोबार दिन १.१३ अंक बढेर २६५८.७४ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा २०.२१ अंक बढेर २६७८.९६ विन्दुमा पुगेको हो।
मंगलबार सो सेसनमा ५३ कम्पनीको १ करोड ३० लाख ८० हजार ७८५ रुपैयाँ बराबरको ९ हजार २४७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने १३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया