१ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्दै मध्य भोटेकोशी

५ बर्ष अगाडि

काठमाडौं- पछिल्लो समयमा आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । छोटो समयमा नै थारै लगानीबाट आर्कषक प्रतिफल प्राप्त हुनाले पनि आईपीओ प्रति लगानीकर्ताको आकर्षण बढेको हो । 

यसैबीच मध्य भोटेकोशी जलविद्युत कम्पनी पनि आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । 

मध्य भोटेकोशी जलविद्युतले रु. १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । 

कम्पनीले यसका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पनि दिइसकेको छ । कम्पनीले आईपीओ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र निष्कासन गर्नेछ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया