आज देशका पश्चिमी पहाडी भू–भागहरुमा आंशिक बदली

५ बर्ष अगाडि

काठमाडौं– हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ ।

देशको पश्चिमी पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहनेछ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहने छ । पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले  भनेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया