रु रु जलविद्युतको आइपीओमा ४९.२१ गुणा बढी आवेदन, कित्ता कति ?

५ बर्ष अगाडि

काठमाडौं- रु रु जलविद्युत परियोजनाको आइपीओमा ४९.२१ गुणा बढी आवेदन परेको छ । 

शुक्रबारदेखि साधारण शेयर जारी गरेको कम्पनीको शेयरमा चौथो दिन सोमाबार साँझ ५ बजेसम्ममा सर्वसाधारणबाट माग भएको कित्ताको तुलनामा सो परिमाणमा शेयर माग भएको हो ।

सिडिएस एण्ड क्लियरिङ्गले उपलब्ध गराएको तथ्याङ्क अनुसार आइपीओमा १ करोड ८६ लाख ५९ हजार ९६० कित्ताका लागि आवेदन परेको छ । १३ लाख १ हजार ३८४ जनाले कुल १ अर्ब ८६ ५९ लाख ९६ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । 

रु रु जलविद्युत परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको हो । कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 
 
यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । रु रु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया