काठमाडौं- एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर सोमबारदेखि लिलामी बिक्री खुला गरेको छ ।
कोषको न्यूनतम मूल्य १ हजार ५२९ रुपैयाँ तोकिएको छ । यस्तै न्यूनतम १०० कित्ता र सो भन्दा माथिका लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
इच्छुक आवेकदले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल मार्फत तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी चैत ३१ गतेसम्म बोलकबोल गर्न सक्नेछन् ।
प्रतिक्रिया