काठमाडौं- पछिल्लो २४ घण्टामा २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ ।
पछिल्लो २४ घण्टामा पुष्टि भएका संक्रमितको संख्या हिजोको तुलनामा यो झन्डै १ सयले बढी हो।
यस्तै ,बितेको २४ घण्टामा १ सय २ जना भने कोभिड सङ्क्रमण मुक्त भएका छन्। २४ घण्टाको अवधिमा ४ जना कोभिड संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
हाल सम्म देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ ।
त्यस्तै, हाल सम्म मुलुकभर २२ लाख ८९ हजार ८ सय २४ जनाको पिसिआर परीक्षण गरिएको छ।
प्रतिक्रिया