नयाँ रेकर्ड कायम गर्दै २६५८. ७४ विन्दुमा नेप्से, कारोबार रकम भने साढे ७ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) ले इन्ट्रा डे कारोबारमा अल टाइम हाइ विन्दु पार गरेको छ । अल टाइम हाइ रेकर्ड ब्रेक गर्दै  नेप्से परिसूचक कारोबारको अन्तिम समय सम्म आउँदा केही तल झरेको छ । 

परिसुचक आज बजार खुलेको केही समयमै २६८१.१९ विन्दुसम्म पुगेको थियो । यसअघिको इन्ट्रा डे उच्चतम विन्दु २६७६.१६ अंक रहेको थियो । यसआधारमा बजारले इन्ट्रा डे मा अहिलेसम्मकै उच्च विन्दु कायम गर्न सफल भएको देखिन्छ । 
 
यस्तै, नेप्से सूचक १.१३ अंकले बढेर २६५८.७४ विन्दुमा आइपुगेको छ । यो क्लोजिङ सूचकका आधारमा अहिलेसम्मकै उच्च विन्दु हो । 

यसैगरी, सेन्सेटिभ परिसुचक १.०९ अंकले बढेर ४७१.८४ को बिन्दुमा पुगेको छ ।

अन्तिम समयसम्म कारोबारका १३ उपसमुह मध्ये ७ उपसमुह बढेका छन् भने ६ उपसमुह ओरालो लागेका छन् । 

७ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१२ कम्पनीको १ करोड ५८ लाख ५३ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया