काठमाडौं- प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ११.०५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।
चैत २३ गते सोमबार सम्पन्न भएको कम्पनीको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट चुक्ता पूँजीको ११.०५ प्रतिशतका दरले हुन आउने १९ करोड २३ लाख ३१ हजार ८८० रुपैयाँ नगद लाभांश पारित गरेको हो ।
सभालाई सम्बोधन गर्दै सञ्चालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीले आर्थिक वर्ष २०७६र७७ मा ३६ करोड ९९ लाख ४४ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताए ।
प्रतिक्रिया