काठमाडौं- सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेमा बरुण हाइड्रोपावर,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र ङादी ग्रुप पावरको बोनस शेयर सूचीकृत भएको हो ।
बरुण हाइड्रोपावरको १ लाख २७ हजार ५७५ कित्ता बोनस शेयर, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको ६ लाख १० हजार ९९८ कित्ता र ङादी ग्रुप पावरको ५ लाख ३५ हजार ५५४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
त्यसैगरी, बरुण हाइड्रोपावरले गत पुस २६ गतेको साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर ,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले गत पुस २९ गते समपन्न वार्षिक साधारण सभाबाट पारित ७.३७ प्रतिशत बोनस शेयर र ङादी ग्रुप पावरले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया