काठमाडौं- एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ५५ हजार ८६६ कित्ता संस्थापक शेयरको बिक्री खुला गरेको छ ।
इन्स्योरेन्सको लिलामी शेयरको न्यूनतम मूल्य ४६६ रुपैयाँ तोकिएको छ । यस्तै न्यूनतम १०० कित्ता र सो भन्दा माथिका लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
इच्छुक आवेकदले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल मार्फत तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी चैत ३१ गतेसम्म बोलकबोल गर्न सक्नेछन् ।
प्रतिक्रिया