कारोबारको तेस्रो घण्टा : झिनो अंकले उकालो लाग्यो नेप्से, कारोबार रकम ५ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से)  परिसुचक झिनो अंकले उकालो लागेको छ ।

नेप्से परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ २.३६ अंकले बढेको हो । दुई बजेसम्म परिसुचक ०.०९ प्रतिशतले बढेर २६५९.९७ को बिन्दुमा पुगेको छ ।

आज सोही अवधीसम्म कारोबारका १३ उपसमुहमध्ये ८ उपसमुह बढेका छन् भने बाँकी ५ उपसमुह बढेका छन् ।

कारोबारमा आएका २०७ कम्पनीको १ करोड १० लाख १३ हजार ६ सय २८ कित्ता शेयर ५१ हजार २४९ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ९५ करोड ५२ लाख रुपैंया बराबरको कारोबार भएको छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया