काठमाडौं- फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साढे ८१ हजार कित्ता संस्थापक शेयरमा (आज) सोमबारदेखि आवेदन खुला भएको छ ।
ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको लघुवित्तको ८१ हजार ५०० कित्ता संस्थापक शेयर न्यूनतम मूल्य ३०० तोकेर लिलामीमा बिक्री खुला गरेको हो ।
उक्त शेयर खरीदका लागि आगामी वैशाख २६ गतेसम्म बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलमा बोलपत्र पेश गर्नसक्ने जनाइएको छ ।
उक्त शेयर खरीदका लागि आवेदकले न्यूनतम १ हजार कित्ता वा सो भन्दा माथिका लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म बोलकबोल गर्न सक्नेछन् ।
प्रतिक्रिया