ओरालो यात्रामा नेप्से,कारोबार रकम साढे ३ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं-  कारोबारको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टामा पनि ओरालो यात्रामा रहेको छ ।

कारोबार सुरु भएको २ दुई घण्टामा परिसुचक ३.६२ अंकले घटेर २६५३.९९ को बिन्दुमा पुगेको छ । 

एक बजे सम्म १३ उपसमुह मध्ये ८ उपसमुह ओरालो यात्रामा रहेका छन् भने बाँकी ५ उपसमुह बढेका छन् ।

यस्तै, सोही अवधीसम्म कारोबारमा आएका २०५ कम्पनीको ८७ लाख ४१ हजार १२५ कित्ता शेयर ३७ हजार ३६९ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ६२ करोड ६ लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया