काठमाडौं- साताको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा सामान्य अंकले ओरालो लागेको छ ।
कारोबारको पहिलो घण्टामा परिसुचक ४.३६ अंकले ओरालो लागेको छ । परिसुचक ०.१६ प्रतिशतले घटेर २६५३.२५ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १३ उपसमुह मध्ये ५ उपसमुह उकालो लागेको छन् भने बाँकी ८ उपसमुह ओरालो लागेका हुन् ।
एक घण्टाको अवधीमा कारोबारमा आएका १९९ कम्पनीको ५६ लाख ४९ हजार ८१० कित्ता शेयर १८ हजार ८८४ पटक खरिद बिक्री हुदाँ १ अर्ब ७७ करोड ६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया