काठमाडौं– हाल देशमा स्थानीय र पश्चिमि वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी महाशाखाका अनुसार आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा फाटफुट÷हल्का वर्षाको समेत सम्भावना रहेको छ ।
प्रतिक्रिया