रुरु जलविद्युतको आइपीओमा ३६ गुणा बढी आवेदन

५ बर्ष अगाडि

काठमाडौं - रुरु जलविद्युत परियोजना लिमिटेडले निष्काशन गरेको साधारण शेयरमा ३६.६६ गुणा बढी आवेदन परेको छ ।

शुक्रबारदेखि साधारण शेयर जारी गरेको कम्पनीको शेयरमा तेस्रो दिन आइतबारसम्ममा सर्वसाधारणबाट माग भएको कित्ताको तुलनामा सो परिमाणमा शेयर माग भएको हो ।

सिडिएस एण्ड क्लियरिङ्गले उपलब्ध गराएको तथ्याङ्क अनुसार आइतबारसम्म साँझ ५ बजेसम्ममा ९ लाख ५३ हजार ४४२ आवेदन मार्फत १ करोड ३९ लाख ४० कित्ताको शेयर माग भएको हो ।

कम्पनीले चैत २० गते शुक्रबारदेखि सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर ९आईपीओ० जारी गरेको छ ।

कम्पनीले कुल निष्काशित शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरुलाई लागि सुरक्षित गरि ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन माग गरिएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया