२८ पदमा जनप्रतिनिधि रिक्त

७ बर्ष अगाडि

काठमाडौं –  निर्वाचन आयोगले प्रदेश तथा जिल्लामा रिक्त रहेका नगरपालिका र गाउँपालिकाका २८ विभिन्न पदमा उपनिर्वाचन आवश्यक रहेको आँकडा तयार पारेको छ । 
तर, आयोगले निर्वाचन मिति र आवश्यक कानुन नपाउँदा निर्वाचनको प्रक्रिया अघि बढाउन सकेको छैन ।
आयोगले आफैंलाई निर्वाचनको मिति तोक्ने कानुनी अधिकार नभए पनि २२ जिल्लाका रिक्त विभिन्न २८ पदमा उपनिर्वाचन आवश्यक रहेको बताएको हो ।

तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने आयोगलाई कहाँकहाँ उपनिर्वाचन आवश्यक छ भन्ने बारेमा कुनै आधिकारिक जानकारी गराएको छैन । आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया